Techie IT
Mission Khabar

२७ हजार २४१ मा संक्रमण, १७ हजार ४९५ ले जिते कोरोना

११३ जनाको आईसीयूमा उपचार, १०८ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या२७ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा काठमाडौं उपत्यकामा १ सय ६८ सहित देशभर एकै दिन ५ सय ८१ जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १ सय ५९ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १७ हजार ४ सय ९५ पुगेको छ ।

कहाँ कति थपिए ?
उपत्यकामा १६८ संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका १३९ जना ललितपुरका १५ र भक्तपुरका १४ जना रहेका छन् । पर्साका ७७ जना, बाराका ५९, मोरङका ४०, रुपन्देहीका ३२, सुनसरीका ३१, प्युठानका २८, बाँकेका २४, सर्लाहीका १७, कैलालीका १६, कास्कीका १५, कञ्चनपुरका १२,रौतहटका ११, झापाका ८ जना, सिन्धुपाल्चोकका ५, काभ्रे, स्याङ्जा, मकवानपुर र धादिङका ४र४ जना, धनुषा र जुम्लाका ३र३ जना, महोत्तरी, नवलपुर, कपिलवस्तु, तनहुँ र दाङका २र२ तथा सल्यान, सप्तरी, डडेलधुरा, दैलेख, सुर्खेत, अर्घाखाँची, चितवन र नुवाकोटका १र१ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ९९ रहेको छ । देशभर आइसीयुमा १ सय १३ जना उपचाररत छन । प्रंदेश नम्बर १ मा १ जना, प्रदेश नम्बर २ मा ४१ जना, बागमती प्रदेशमा सबैभन्दा बढी ५९ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश नम्बर ५ मा ११ जना संक्रमित उपचाररत रहेका छन् । बागमती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । क्वारेन्टिनमा १५ हजार १ सय ९८ जना रहेका छन् । अहिलेसम्म कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्