Techie IT
Mission Khabar

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । सोमबारको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै नतिजा प्रकाशन गरिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

परीक्षाका लागि ४ लाख ८२ हजार ९ सय ८६ विद्यार्थीले फारम भरे आन्तरिक मूल्यांकनका आधारमा ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको छ । विभिन्न कारणले करिब १० हजार विद्यार्थीको नतिजा छुटेको छ । एसईईको नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन छ ।

यसरी थाहा पाउनुस् नतिजाः 

टेलिफोनः

नेपाल टेलिकमको १६०० मा डायल गरेर निर्देशन बमोजिम नतिजा थाहा पाउन सकिन्छ ।

एसएमएसः

नेपाल टेलिकम र एनसेलको १६०० र इजी सर्भिसको ३४९४९ नम्बरमा एसएमएस गरेर पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

वेभसाइटः

माध्यमिक शिक्षा परीक्षा कक्षा १०राष्ट्रिय परीक्षा बोर्डशिक्षा तथा मानव विकास केन्द्रनेपाल दुरसञ्चार प्राधिकरण वा एनसेलको वेभसाइटमा गएर पनि नतिजा हेर्न सकिने छ ।

गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो । विद्यालयहरूले आन्तरिक मुल्याङ्कनका आधारमा पठाएका प्राप्ताङ्कलाई प्रत्येक जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइले बोर्डमा पठाएको र त्यसलाई प्रमाणिकरण गरेर परीक्षाफल प्रकाशित गरिएको जनाइएको छ । साउनको मध्यमा नै परीक्षाफल प्रकाशित गर्ने भनिएपनि कतिपय ठाउँबाट आन्तरिक मुल्याङ्कन विवरण प्राप्त नहुँदा र कतिपय विषयमा शिक्षा मन्त्रालयको उच्चतहसँग परामर्श गर्नुपर्दा ढिलाई भएको थियो ।

नेपालमा सन् २०१६ मा पहिलो पटक ग्रेडिङ भनिने विधिबाट कक्षा १० को परीक्षाफल प्रकाशित गर्ने अभ्यास सुरु भएको थियो । कोरोनाभाइरसको प्रभाव एसईई दिने लगायतका विभिन्न कक्षामा अध्ययनरत ८७ लाखभन्दा बढी विद्यार्थीमा परेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #आन्तरिक मुल्याङ्कन, #एसईईको नतिजा, #प्रा.डा. चन्द्रमणि पौडेल, #माध्यमिक शिक्षा परीक्षा–एसईई, #राष्ट्रिय परीक्षा बोर्ड, #शिक्षा मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्