Techie IT
Mission Khabar

थपिए उच्च रेकर्ड बनाउँदै १ हजार १६ संक्रमित, २८२५७ मा संक्रमण पहिचान हुँदा ११४ जनाको मृत्यु

काठमाडौं उपत्यकामा मात्रै २०५ जना संक्रमित थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा अहिलेसम्म सबैभन्दा बढी संक्रमित पहिचान भएको उच्च रेकर्ड हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै २०५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमितको संख्या देशभर १० हजार ५ सय ६३ पुगेको छ ।

भाइसीयू र भेन्टिलेटरमा १२६ जनाको उपचार
प्रदेश एकमा ४, दुई ४६, बागमतीमा ५२, गण्डकी प्रदेशमा ६ र प्रदेश पाँचमा १० जना गरेर १ सय १८ जना आइसीयूमा उपचाररत छन् । भेन्टिलेटरमा बागमति प्रदेशमा ८ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ७ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : ##कोरोना अपडेट, #breaking, #कोरोना, #कोरोना भाइरस (कोभिड–१९), #कोरोना महामारी, #कोरोना संक्रमण, #कोरोना संक्रमणमुक्त, #कोरोनाका गम्भीर बिरामी, #मृत्यु, #समुदामा कोरोना, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्