Techie IT
Mission Khabar

राष्ट्रकवि घिमिरेको निधन, बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिने


काठमाडौं । १०२ वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौैं लाजिम्पाटस्थित आफ्नै घरमा घिमिरेको निधन भएको हो ।

राती नै घिमिरेलाई श्रद्धाञ्जली दिन कलाकार, साहित्यकार, नेता लगायतको भीड लागेको थियो । नेपाली सेनाको मानार्थ सेनापति र राष्ट्रकबिका रुपमा घिमिरेलाई सम्मानका साथ अन्त्यष्टी गरिने बताइएको छ । वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रुपमा चर्चित हुनुहुन्थ्यो ।

रामविलास (रचना १९९५) बाट खण्डकाव्यको यात्रा सुरु गरेका कवि घिमिरेको २०१५ मा प्रकाशित गौरी खण्डकाव्य सबैभन्दा चर्चित छ । घिमिरेद्वारा लिखित ऋतम्भरा महाकाव्य उनको अपूर्ण कृति हो । शकुन्तला (२०३३), हिमालवारि हिमालपारि (२०५४) जस्ता गीतिनाटकहरू घिमिरेलाई जीवन्त राख्ने साहित्यिक रचनाहरू हुन् ।

२०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले छन्द शिरोमणिको उपाधिबाट अभिनन्दन गरेका उनले दिनपछि राष्ट्रकविको रूपमा अभिनन्दन गरिएको थियो ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्