संसदको नयाँ लोगो फिर्ता, सुनको खर्च कस्ले व्यहोर्ने भन्नेमा बिवाद कायमै

काठमाडौं । संघीय संसदको लोगोमा राखिएको नक्सा नमिलेको र भद्दा देखिएको भन्दै संसद सचिवालयले निर्माणकर्तालाई नै फिर्ता पठाएको छ । फेरि निर्माण गरेर दिन भन्दै सचिवालयले लोगो फिर्ता गरेको जानकारी दिएको छ । संघीय संसद्का दुवै सदनका सदस्यहरूका लागि भन्दै ३ सय ५० लोगोहरू निर्माण गरिएपनि सांसदहरूले नै आपत्ति जनाएपछि निर्माणकर्ता वाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई फिर्ता दिइएको हो ।
लोगोमा राखिएको सुन पुनः प्रयोगमा नआउने भन्दै त्यसको खर्च कसले बेहोर्ने भन्नेमा संसद् सचिवालय र निर्माण पक्ष बीच विवाद देखिएको छ । सांसदहरूलाई बुझाइएका लोगोहरू फिर्ता मागेर निर्माणकर्तालाई नै दिने र सुधार गराउने बारे सभामुख अग्निप्रसाद सापकोटा, संसदका महासचिव भरतराज गौतम, सचिवहरू र अन्य अधिकारीले घरेलु तथा साना उद्योग कार्यालयलका अधिकारीसँग छलफल गरेका थिए । प्रत्येक लोगोमा २ लाल सुन गरेर ८७ ग्राम सुनको खर्च ६ लाख ८२ हजार रुपैयाँ लागेको संसद सचिवालयले जनाएको छ । १ तोला चाँदीको बेस राखिएको लोगोको खर्च प्रतिलोगो ५ हजार ५ सय २७ रुपैयाँ लागेको थियो । संसद् सचिवालयले भने आफूहरूले सुन र चाँदी खरिद गरेर दिइसकेकाले डिजाइनअनुसार लोगो निर्माण गरेर दिन भन्दै अब सुनको खर्च नबेहोर्ने बताउँदै आएको छ ।
भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको नक्सामा समावेश गरेर सरकारले जेठ ७ गते नक्सा अद्यावधिक गरेको थियो । जेठ ११ गते बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय सांसदहरूले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमाअनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेसँगै संसद सचिवालयले काम अघि बढाएको थियो । लोगोका डिजाइन कलाकार टेकवीर मुखिया हुन् । उनले समेत निर्माण भएको लोगोमा असन्तुष्टि जनाएका छन् । रफ लोगो नै छानेर अन्तिम रूप दिएको उनले बताए ।
साउन ३२ गते सार्वजनिक गरिएको नयाँ लोगो बारे सांसदहरूका साथै सामाजिक संजाल प्रयोगकर्ताले नक्सा नमिलेको, झण्डा नमिलेको, भद्दा देखिएको र रङ नमिलेको भन्दै चर्को आलोचना गरेका थिए ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्