Techie IT
Mission Khabar

निषेधाज्ञामा कडाई, नियम उल्लंघन गरेमा एक महिना कैद


काठमाडौं । उपत्यकाका तीन वटै जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि महामारी रोक्न निषेधाज्ञाको आदेश जारी गरिएको छ । उक्त आदेश अनुसार औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन ।

अत्यावश्यक काममा बाहेक उपत्यकाका तीन वटै जिल्लामा निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने खाद्यान्न, दुध, ग्यास, पानी, एम्बुलेन्स बाहेक नाकाबाट समेत काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश गर्न पाउनेछैनन् । अत्यावश्यक सेवा तथा वस्तु बाहेकका सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।

निषेधाज्ञाको आदेश उल्लंघन भएमा कडा कारवाही हुनसक्छ । संक्रामक रोग ऐन, २०२० अनुसार जारी गरिएको आदेशको उल्लंघन गर्नेलाई एक महिनासम्म कैद वा एक सय रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्