काठमाडौं उपत्यकामा २०० सहित थपिए ७०७ संक्रमित, साँढे २९ हजार संक्रमित मध्ये १२९ जना आईसीयूमा

काठमाडौं । पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घन्टामा ११ हजार ६२७ पीसीआर परीक्षण गर्दा यी संक्रमित पहिचान भएका हुन् ।
११ हजार ५५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौंमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन भने भोजपुर, मनाङ, मुस्ताङ र हुम्लामा कोरोना संक्रमण शुन्य रहेको छ ।
कहाँ कहाँ कति संक्रमित थपिए ?
काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् । सर्लाहीका ९३ जना, पर्साका ५५, धनुषा र अछामका ३१/३१ जना, कपिलवस्तुका ३०, मकवानपुरका २५, सिराहा र बझाङका २१/२१ जना, सप्तरी, कास्की र दैलेखका १९/१९ जना, रुपन्देहीका १८, रौतहट, बाँके र डोटीका १६/१६ जना, महोत्तरी १५, सुनसरीका १३ जना, तेह्रथुम र मोरङमका ९/९ जना, बारा र बाग्लुङका ८/८ जना, उपयपुर र दाङका ४/४ जना, नुवाकोट, नवलपुर र गुल्मीका ३/३ जना, दोलखा, धादिङ, तनहुँ, बर्दिया र डडेलधुराका २/२ जना तथा झापा, धनकुटा, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा , प्युठान, कालीकाट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, कैलाली, दार्चुला र बैतडीका १/१ जनामा संक्रमण देखिएको छ ।
उपचार र डिस्चार्ज
प्रदेश एकमा ११४४ प्रदेश २ मा ३८७७, बागमति प्रदेशमा ७२४, गण्डकी प्रदेशमा १५७५ प्रदेश पाँचमा ४३२८ कर्णालीमा १९७० र सुदुरपश्चिम प्रदेशमा ४३४६ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना जित्नेहरुको संख्या १७ हजार ९ सय ६४ पुगेको छ । प्रदेश एकमा ११ प्रदेश दुईमा ४६ बागमती प्रदेशमा ५४ गण्डकी प्रदेशमा ६ र प्रदेश पाँचमा १२ जनाको आईसीयूमा उपचार भइरहेको छ । १ सय २९ जनाको आइसीयूमा उपचार हुँदा बागमती प्रदेशमा ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
देशभर कोरोना उपचारका लागि ९४७ आईसीयू र ४९७ भेन्टिलेटर रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अझ पनि क्वारेन्टिनमा ११ हजार ७ सय ६८ जना रहेका छन् ।
काठमाडौं र मकवानपुरमा एकएक तथा पर्सामा तीन जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : ##कोरोना अपडेट, #breaking, #कोरोना भाइरस (कोभिड–१९), #कोरोना महामारी, #कोरोना विशेष अस्पताल, #कोरोनाको त्रास, #नेपालमा कोरोना भाइरस, #समुदामा कोरोना, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्