नेपालमा कोरोना संक्रमितको सख्या साँढे ३० हजार नजिक, १३७ जनाको मृत्यु
काठमाडौं उपत्यकामा १८२ सहित थपिए ८३८ कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ सय ५० जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १८ हजार २ सय १४ पुगेको छ ।
शुक्रबार सबैभन्दा धेरै काठमाडौंमा १४२ जना कोरोना संक्रमित थपिएका छन् । कैलालीमा ८५ जना, पर्सामा ८०, जुम्लामा ५३ जना, मोरङमा ४५, बारामा ४०, अछाममा ३८, डोटीमा ३४, मकवानपुरमा ३२, सुनसरीमा २९ जना, ललितपुरमा २५, सर्लाही २४, चितवनमा २३, बाँकेमा २० जना, नवलपरासी पूर्वमा १९, रुपन्देही १७, सिरहा १६, भक्तपुरमा १५, कञ्चनपुरमा १४ जना, जना, रौतहटमा ११, सिन्धुलीमा ८, झापामा ७, बर्दिया र प्युठानमा ६र६ जना, सप्तरीमा ५ जना, इलाम र दाङमा ४/४ जना, धनुषा, बागलुङ, रुकुम पश्चिम र बैतडीमा ३/३ जना रहेका छन् । उदयपुर, नुवाकोट, मनाङ, कपिलवस्तु र डडेल्धुरामा २/२ जना र ताप्लेजुङ, पाँचथर, पर्वत, कास्की, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रसुवा, दोलखा, धादिङ, कालीकोट, दैलेखमा १/१ जना संक्रमित थपिएका हुन् ।
शुक्रबार ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ३७ पुगेको छ ।
उपचारको अवस्था
नेपालमा कोरोना संक्रमतिको संख्या बढ्दो क्रममा देखिएको छ । शुक्रबार साँझसम्म सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ । यी मध्ये ३ हजार ५ सय ८६ जना कोरोना संक्रमित ७ प्रदेशका विभिन्न जिल्लास्थित होम आइसोलेसनमा रहेका छन् । लक्षण सहितका ८ हजा ५ सय ४६ जना संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा समेत बिरामीहरुको चाप बढ्न थालेको छ । मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म १३३ जना आईसीयूमा र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कोरोना संक्रमणका लागि छुट्याइएका ९४७ आईसीयू र ४ सय ९७ भेन्टिलेटरले नधान्ने आँकलन गरेको सरकारले निजी अस्पताललाई समेत सिट संख्याको २० प्रतिशत बेड कोरोना उपचारमा छुट्याउन आग्रह गर्दै आएको छ । तर निजी अस्पतालले अश्विकार गर्दै आएका छन् ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्