कारोना नियन्त्रणमा आउन दुई वर्ष लाग्ने डब्लुएचओको आँकलन, विश्वव्यापी सहकार्यमा जोड

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ८ महिनादेखि फैलिएको कोरोना भाइरस नियन्त्रणमा आउन अझै दुई वर्ष लाग्ने जनाएको छ । डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसले सन् १९१८ मा देखापरेको स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको स्मरण गर्दै कोरोना भाइरसको सवालमा पनि सोही अपेक्षा गर्न सकिने बताएका हुन् ।
अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने उनको विश्वास थियो । भाइरस थप फैलिने सम्भावना कायमै रहेपछि अहिलेको प्रविधिले रोक्न सकिने उनले बताए । कोरोना भाइरस विरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता तथा विश्वव्यापी सहकार्य अत्यावश्यक रहेकोमा डा टेडरोजले दोहोर्याए । सन् १९१८ को स्पेनिस फ्लूका कारण कम्तीमा पाँच करोड मानिसको ज्यान गएको थियो । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म ८ लाख ३ हजार बढीको ज्यान गइसकेको छ भने २ करोड ३१ लाख भन्दा बढी मानिस विश्वभर संक्रमित भएका छन् ।
डब्लुएचओका प्रमुख डाक्टर टेडरोजले पीपीईमा भएको भ्रष्टाचारलाई आपराधिक क्रियाकलाप भएको भनेका छन् । उनले कुनै पनि प्रकारको भ्रष्टाचार स्वीकार्य नहुने बताएका छन् । विश्वका विभिन्न देशमा महामारीकै बेला पीपीईसहितका स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएका घटना सार्वजनिक भएका छन् ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot, #कोरोना भाइरस, #डब्लुएचओ, #डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोस, #विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्