Techie IT
Mission Khabar

नेकपा वरिष्ठ नेता नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना, वीरगञ्जमा दुई जनाको मृत्यु


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका पीएसओसहित कोटेश्वस्थित निवासमा खटिएका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण पहिचान भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको सुरक्षामा खटिएका नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका ७ जनामा कोरोना पुष्टि भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका हुन् ।

दुई पटक गरेर आएको रिपोर्टमा सुरूमा ७ सशस्त्र प्रहरी र पछि नेपाल प्रहरीका २ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका उनीहरू सबैलाई आइसोलेसनमा लगिएको छ भने नेता नेपालसहित उनको परीवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

यस्तै, पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा र शुक्रबार राति सोही अस्पतालमा वीरगन्ज महानगरपालिका २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको निधन भएको हो ।

योसँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्