Techie IT
Mission Khabar

३१ हजार बढीमा संक्रमण पहिचान, १८ हजार ३५० ले कोरोना जित्दा १४६ को मृत्यु

१३५ जना आईसीयू र १२ जनाको भेन्टिलेटरमा उपचार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१६ सहित ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा यी संक्रमित थपिएका हुन् ।

देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ पुगेको छ । मोरङ पर्सा, महोत्तरी, सर्लाही, रौतहट र काठमाडौंमा ५ सय भन्दाबढी सक्रिय संक्रमित रहेका छन भने मुस्ताङ, म्याग्दी र हुम्लामा शून्य संक्रमित रहेका छन् ।

कहाँ कति थपिए ?
काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६, भक्तपुरका ५० जना, पर्साका ५९ जना, मोरङका ५२, सिराहाका ३५, मकवानपुरका ३२, सुनसरीका ३१, बाँकेका २८, चितवनका २७, रुपन्देहीका २३, झापाका १७, कास्कीका १६, कपिलवस्तुका १५, कैलालीका १४, बाराका १० जना, बर्दियाका ७, सल्यानका ६, दोलखाका ४, भोजपुर, धनुषा, रौतहट, सप्तरी, काभ्रे, नवलपुर र नवलपरासीका ३/३ जना, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतका २/२ तथा इलाम, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटीका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

उपचारको अवस्था
पछिल्लो २४ घण्टामा १३६ जनाको डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १८ हजार ३ सय ५० पुगेको छ । सक्रिय संक्रमित मध्ये ८ हजार ७०५ जना कोभिड लगायतका संस्थागत आईसोलेसनमा र ३ हजार ९ सय १६ जना होम आइससोलेसनमा रहेका छन् । ११ हजार ६ सय ५८ जना क्वारेन्टिनमा रहेका छन् । आइसीयूमा उपचाररत संक्रमितको संख्या १ सय ३५ रहेको छ । प्रदेश एकका १५ जना, प्रदेश २ का ४६ जना बागमती प्रदेशमा ५२ जना गण्डकी प्रदेशमा ६ र प्रदेश पाँचका १६ जनाको आईसीयूमा उपचार भइरहेको छ । बागमती प्रदेशमा १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

थप ९ जनाको मृत्यु भएसँगै कोरोनो भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ४६ पुगेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : ##कोरोना अपडेट, #breaking, #कोरोना उपचार, #कोरोना कहर, #कोरोना भाइरस (कोभिड–१९), #कोरोना महामारी, #नेपालमा कोरोना भाइरस, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्