निषेधाज्ञामा समेत बैंक र रेमिट्यान्स सेवा, स्वास्थ्य सावधानी अपनाउन सरकारको अपिल

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाको समयमा समेत बैंक र रेमिट्यान्स कम्पनीहरु खुला छन् । नेपाल राष्ट्र बैंकले विदेशमा कार्यरत नेपालीले पठाएको रेमिट्यान्स भुक्तानी नहुँदा घरव्यवहार चलाउन समस्या हुने भन्दै कम्पनीहरुलाई सेवा सूचारु राख्न निर्देशन दिएपछि रेमिट्यान्स सेवा खुल्ला राखिएको हो ।
राष्ट्र बैंकले शुक्रबार रेमिट्यान्स कम्पनीहरुलाई परिपत्र गर्दै सुरक्षा सम्बन्धी सवै मापदण्ड पालना गरेर सेवा सुचारु राख्न भनेको थियो । तर सेवा सुचारु गर्दा न्युनतम कर्मचारी मात्रै कार्यालयमा बोलाएर स्वास्थ्य सावधानी सहितको सेवादिन भनिएको छ ।
यता, काठमाडौं उपत्यका सहित देशैभर बैंकका शाखा कार्यालयहरु पनि खुला छन् । बिहीबार कार्यालय हिडेका बैंकका कर्मचारीहरुलाई प्रहरीले बाटैमा रोकिदिएपछि सेवा नदिने बताएको बैंकर्स संघले हरेक जिल्लामा एक बैंकको एउटा शाखा खोलेर सेवा दिने निर्णय गरेसँगै निषेधाज्ञामा पनि सेवा दिएका हुन् ।
प्रधान कार्यालयसहित उपत्यकामा भने एक बैंक बराबर ४ वटासम्म शाखा कार्यालयहरु सञ्चालन गर्न छुट दिइएको छ । उपत्यका बाहिरका जिल्लामा भने एउटा मात्रै शाखा खुल्दा समस्या देखिएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्