Techie IT
Mission Khabar

आइतबार ११ बजेदेखी ३ बजेसम्म ललितपुरका यी स्थानमा विद्युत कटौती हुने


काठमाडौं । नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार आइतबार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएकोले विद्युत् कटौती हुने भएको हो ।

प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपा चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । यी क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको प्राधिकरणले तोकिएको कार्य समय अगावै सम्पन्न भएको खण्डमा समय अगावै विद्युत् आपूर्ति हुने जनाएको छ ।


क्याटेगोरी : देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्