Techie IT
Mission Khabar

प्रसुती गृहका स्वास्थ्यकर्मी सहित ८ जनामा कोरोना, ६ जना होम आइसोलेसनमा


काठमाडौं । थापाथलीस्थित प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रका अनुसार नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी मा कोरोना पहिचान भएको हो । अस्पतालका बिरामीमा भने संक्रमण देखिएको छैन । अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. मिश्रले संक्रमितमध्ये दुई जना अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेको बताइन् ।

यस्तै, पोखराको कास्की सेवा हस्पिटलको आईसीयू कक्षमा उपचाररत एक जना बिरामी र एक नर्समा समेत कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २ गते राति कोरोना संक्रमित तनहुँकी ५० वर्षकी महिलाको मृत्यु भएपछि अस्पतालका ५२ जनाको स्वाब परीक्षण गर्दा आइतबार स्टार्फ नर्स र आईसीयूमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरको स्वास्थ्य महाशाखाका अनुसार तनहुँकी महिलाको मृत्यु भएपछि आईसीयूमा सारेर उपचार गरिएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।


क्याटेगोरी : देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्