देशका ४७ जिल्लामा निषेधाज्ञा, काठमाडौं उपत्यकामा थप कडाई
काठमाडौं । लकडाउन अन्त्य भएसँगै बढेको कोरोना संक्रमण रोक्न ४७ जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका छन् । निश्चित क्षेत्रमा मात्र संक्रमण देखिएका १२ जिल्लामा आंशिक निषेधाज्ञा छ भने बढी नै क्षेत्रमा अर्थात कोरोना विस्तार भएको ३५ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा लागू गरिएको छ ।
गृह मन्त्रालयका अनुसार कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिले गरेको जोखिमको आँकलनका आधारमा प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू गरेका हुन् । स्थानीय प्रशासन ऐन, २०२८ र मन्त्रिपरिषदको निर्णय बमोजिम संक्रमण बढी देखिएको स्थानमा सीडीओहरुले निषेधाज्ञाको आदेश जारी गर्नसक्ने अधिकार प्रत्यायोजन गरिएको छ । ।
पूर्ण रुपमा निषेधाज्ञा गरिएका जिल्लाहरु
गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार आइतबारसम्म सप्तरी, धुनषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन र बैतडीमा पूर्ण रुपमा निषेधाज्ञा गरिएको छ ।
आंशिक निषेधाज्ञा रहेका जिल्लाहरु
नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बाग्लुङ, पश्चिम रुकुम र जाजरकोटमा केही केही स्थान मात्रै जोखिममा रहेको आंशिक निषेधाज्ञा गरिएको छ । महामारी नियन्त्रणका लागि भन्दै कपिलवस्तु र नुवाकोटले जिल्ला प्रशासन कार्यालयबाट हुने सबै सेवा बन्द गरेका छन् । निषेधाज्ञा लागू गरिएका क्षेत्रमा सर्वसाधारणलाई हिँडडुलमा रोक लगाइएको छ भने अत्यावश्यक सेवालाई सूचारु गर्न छुट दिइएको छ ।
काठमाडौं उपत्यकामा थप कडाई
बिहिबार मध्यरातबाट लागू गरिएको निषेधाज्ञा काठमाडौं उपत्यकाको हकमा थप कडाई गरिएको छ । संक्रमण पहिचान भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्ति र स्थानीयमा भाइरस संक्रमण थप विस्तार भएपनि काठमाडौं उपत्यकामा खाद्यान्न तरकारी, मासु पसल, डेरी लगायतका पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न निर्देशन दिइएको छ । औषधी पसलमा भने कुनै रोकावट हुने छैन ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : ##कोरोना अपडेट, #breaking, #आंशिक निषेधाज्ञा, #कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति, #कोरोना भाइरस (कोभिड–१९), #गृह मन्त्रालय, #जिल्ला प्रशासन कार्यालय, #निषेधाज्ञा, #पूर्ण निषेधाज्ञा, #हिँडडुलमा रोक
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्