उद्धार उडानबाट पाँच महिनामा ५१ हजार नेपाल भित्रिए, भदौँ १६ बाट व्यवसायिक उडान

काठमाडौं । कोभिड–१९को नियन्त्रण र रोकथामका लागि भनेर २०७६ चैत ११ मा गरिएको लकडाउन पछिको पाँच महिनामा ५१ हजार मानिस नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार केही विदेशी बाहेक यसरी उद्धार उडान मार्फत अधिकांश नेपाली स्वदेश फर्किएका हुन् ।
साउन मसान्तसम्म कुल ५० हजार ७ सय २३ जना व्यक्ति नेपाल प्रवेश गरेकोमा ५० हजार ५ सय १५ जना नेपाली रहेको अध्यागमनको तथ्यांले देखाएको छ । विभागको तथ्यांकअनुसार साउन महिनामा मात्र सबैभन्दा धेरै २३ हजार व्यक्ति नेपाल भित्रिएका छन् । नेपालीको उद्धार शुरु भएपछि यो महिनामा सबैभन्दा धेरै स्वदेश फर्किएका हुन् । यी मध्ये २२ हजार ९ सय ३२ जना नेपाली नागरिक र यसअवधिमा अमेरिकाबाट ३५ जना नेपाल भित्रिएका छन् । लकडाउनयता कुल ४४ जना अमेरिकी नागरिक नेपाल आएको तथ्यांक छ । बेलायतबाट साउनमा १८ जना र लकडाउनयता २८ जना, संयुक्त राष्ट्रसंघका १२ कर्मचारी साउनमा आउँदा अकडाउन यता २६ जना नेपाल आएको रेकर्ड छ ।
लकडाउनयता कुल २० हजार ७ सय १० जना व्यक्ति नेपालबाट विदेशिएका छन् । यसरी विदेशिनेमा समेत अधिकांश अर्थात ११ हजार २ सय २६ जना नेपाली नागरिक नै रहेका छन् । साउनमा मात्र ३ हजार ५ सय ४२ जना नेपाली विदेश गएको अध्यागमनको तथ्यांकले देखाउँछ । लकडाउनपछि नेपालमा रहेका विदेशीमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक १४ सय ३ जना घर फर्किएका छन् । नेपालमा रहेका १३ सय ४१ जना अमेरिकी नागरिक, बेलायतका ९ सय ७३ जना, संयुक्त राष्ट्रसंघका ४७ जना, फ्रान्स र जर्मनीका क्रमशः ६ सय ४८ र ७६६ जना नागरिक आफ्नो मुलुक फर्किएका छन् ।
भदौ १६ बाट भने सरकारले विभिन्न स्वास्थ्य मापदण्डका सर्त सहित आंशिक रुपमा व्यवसायिक उडान खोल्ने तयारी गरेको छ । यी उडानबाट पहिलो चरणमा नेपाली र कुटनीतिकि नियोगका कर्मचारीले मात्र नेपाल प्रवेश पाउने छन् ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #hot, #अधिकांश नेपाली स्वदेश फर्किए, #अध्यागमन विभाग, #आंशिक रुपमा व्यवसायिक उडान, #उद्धार उडान, #नेपालीको उद्धार, #लकडाउन
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्