Techie IT
Mission Khabar

काठमाडौं उपत्यकामा २२४ सहित थपिए ७४३ संक्रमित, बढ्दै शहरकेन्द्रित संक्रमण


काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय २४ सहित देशभर ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार २५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

सोमबार काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन एक सय ६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै कोरोना जित्नेहरुको सङ्ख्या १८ हजार आठ सय ६ पुगेको छ । संक्रिय संक्रमितको संख्या १३ हजार सात सय १५ पुगेको छ । यस्तै देशभर ११ हजार दुई सय ७५ जना क्वरेण्टीनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय ५७ पुगेको छ ।

यी जिल्लामा थपिए संक्रमित
काठमाडौमा १७७ जना, ललितपुरमा ३३, भक्तपुरमा १४, बाराका ९४, कैलालीका ७९, पर्साका ३४, चितवनका ३२, मोरङका ३१, सुनसरीका २३, जाजरकोट र कञ्चनपुरका १९/१९ जना, मकवानपुर र रुकुम पश्चिमका १८/१८ जना, सप्तरीका १५, सुर्खेतका ११, सिराहाका १० र कपिलवस्तुका ९, सर्लाही र बाँकेका ८/८ जना, रुपन्देहीका ६, झापा, धनुषा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, नवलपुर र नवलपरासीका ५/५ जना, खोटाङ, गुल्मी र डडेलधुराका ४/४ जना, ओखलढुंगा, तनहुँ, कालीकोट र बैतडीका ३/३ र धनकुटा, संखुवासभा, धादिङ, रामेछाप, कास्की, बाग्लुङ, पाल्पा र रोल्पाका २/२ मा संक्रमण देखिएको छ । इलाम, उदयपुर, दोलखा, गोरखा, म्याग्दी, स्याङ्जा, अर्घाखाँची, बर्दिया, दार्चुला र बाजुरामा एकएक संक्रमित ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्