कोरोनाबाट थप ७ जनाको मृत्यु, ३२६७८ मा संक्रमण हुँदा मृतकको संख्या १६४

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । काठमाडौंका २ जना, सुनसरी, मोरङ, पर्सा, सिराहा, धनुषा र रुपन्देहीका एकएक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।
यसअघि स्वास्थ्य मन्त्रालयले भने साँढे ४ बजे पत्रकारसम्मेलन मार्फत पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको भन्दै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ५७ पुगेको जानकारी गराएको थियो ।
पत्रकार सम्मेलनपछि थपिएका मृतक
१.काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु । मृतक कागेश्वरी–९ की ४८ वर्षीया महिला । मुटु, मिर्गौला र पित्तथैलीको समस्या लिएर २८ साउनमा अस्पताल भर्ना भएकैदिन कोरोना संक्रमण पुष्टि
२.पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु । मृतक भदौ ६ गते अस्पताल भर्ना काठमाडौंकी ७४ वर्षीय कोरोना संक्रमित पुरुष ।
३.कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु । आइतबार कोरोना पुष्टि भएका मोरङ विराटनगर–८ का ६५ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि त्यही दिन अस्पताल भर्ना । उपचारका क्रममा मृत्यु ।
४.शनिबार नारायणी अस्पताल भर्ना गरिएका पर्सा बिन्दबासिनी गाउँपालिका–३ की ७० वर्षीया बुद्धाको मृत्यु । क्षयरोगबाट पीडित उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना । कोरोना पुष्टि भएपछि नारयणीकै आईसीयूमा सारिएको
५.बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सिराहाका २२ वर्षीय पुरुषको मृत्यु । श्वास प्रश्वासको समस्या लिएर २ भदौमा भर्ना भएका उनको संक्रमण पुष्टिपछि आईसीयूमा उपचार भइरहेको
६. धनुषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु । उनी साउन २५ गते अस्पताल भर्ना भएका थिए ।
७. रुपन्देही, बटवलका ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा मृत्यु । उनी मिर्गौला रोगबाट पीडित थिए ।
यसअघि सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय तीन जना पुरुषको मृत्यु भएको थियो ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्