Techie IT
Mission Khabar

भदौं १७ देखि नियमित उडान सुरु हुँदै, यस्तो छ उडान तालिका


काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौं १७ देखि हुने नियमित हवाई उडानको तालिका स्वीकृत गरेको छ । मन्त्रालयले नियमित उडानका लागि स्वदेशी एवं विदेशी विमान कम्पनीलाई अनुमती दिएर भदौं १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका स्वीकृत गरेको हो ।

नियमित उडानका लागि मन्त्रालयले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित कतार एयरवेज, कोरियन एयर, टर्किस्, फ्लाइ दुबई, मालिन्दो, चाईना साउर्थन, एयर अरेविया, मलेसियन एयरलाइन्स, एयर चाइना, क्याथवे ड्रागनको तालिका स्वीकृत गरेको छ । मन्त्रालयले नियमित उडान तालिका स्वीकृत गरेका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स बाहेकका विदेशी विमान कम्पनीलाई भने चार्टर उडानको अनुमती दिइएको छैन ।

अब नियमित उडान अनुमति पाउनेले चार्टर उडानको अनुमति नपाउने भएका छन् । चार्टर उडानको तालिका स्वीकृत हुने विदेशी विमान कम्पनीहरुमा जजिरा र सलाम एयर मात्रै छन् ।

उडानका क्रममा पालना गर्नुपर्ने नियम

नियमित उडान गर्दा नेपालमा आउँदा ७२ घण्टा अगाडि पीसीआर गरेको र नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने छ भने त्यसपछि १४ दिन घरमै सेल्फ क्वारेन्टिनमा बस्‍ने लिखित प्रतिबद्धता जनाउनुपर्नेछ । यस्तै चार्टर उडानबाट नेपाल आउनेहरुले काठमाडौंमा आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने छ भने त्यसपछि १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेलगायतका व्यवस्था गरिएको छ ।

यस्तो छ मन्त्रालयले स्विकृत गरेको तालिका


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्