Techie IT
Mission Khabar

देशका पाँच प्रदेशमा वर्षाको पूर्वानुमान, बिहानदेखी रातिसम्मै केही स्थानमा वर्षा


काठमाडौं । बुधबार दिउँसोको मौसममा सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।

मौसमविदले बुधबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएका छन् । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा राति पनि भारी वर्षाको आँकलन गरिएको छ । अहिले बिहनीपख देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार हाल उत्तरी बंगालको खाडीमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फयुक्त हावाको प्रभाव रहेको छ । यसैका कारण मौसममा बदलीको अवस्था देखिएको छ ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्