Techie IT
Mission Khabar

बढ्दै शहरकेन्द्रित संक्रमण र मृत्युदर : डब्लुएचओले भन्यो– “नेपालको अवस्था थप खराब बन्नसक्छ”


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा कोरोना संक्रमणको अवस्था अहिलेको भन्दा थप खराब हुने आँकलन गरेको छ । डब्लुएचओका नेपालस्थित कार्यालयका प्रतिनिधि डाक्टर जोस भ्यानडिलिएरले नेपालमा परिस्थिति अझ् नराम्रो हुने बताएका हुन ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा प्रवक्ता डाक्टर जागेश्वर गौतमलाई अन्तरवार्ता दिँदै भ्यानडिलिएरले नेपालमा परिस्थिति अझै नराम्रो हुन सक्ने एक अध्ययनले देखाएको बताएका हुन् । भ्यानडिलिएरले एक अध्ययनलाई हवला दिदै आगामी दिन, हप्ता र महिनामा धेरै नै केसहरू देखिने र मृत्युदर समेत बढ्ने बताए । उनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईंमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताएका छन् । उनले केन्द्र सरकारले मात्र कोरोनाविरुद्धको लडाईं जित्न नसक्ने भन्दै यसमा प्रदेश र स्थानीय सरकारको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । कोरोना संकटमा स्वास्थ्य संगठनले नेपाललाई निरन्तर सहयोग गरिरहेको र सहयोग जारी राख्ने ने आश्वासन उनले दिएका छन् ।

मंगलबार मात्रैपनि नेपालमा कोरोनाभाइरसबाट थप १६ जनाको मृत्यु भएको थियो । सरकारले नियमित पत्रकार सम्मेलन मार्फत १६४ को मृत्यु भएको बताएपनि पत्रकार सम्मेलन पछिका केश जोड्दा मृतकको संख्या १ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार तीन सय २७ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गर्दा ८ सय ५५ जना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या नै ३३ हजार ५ सय ३३ पुगेको छ । १९ हजार १ सय १९ ले भने कोरोना जितेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्