Techie IT
Mission Khabar

देशभर मौसम बदली, यी स्थानमा हल्कादेखी मध्यम वर्षा


काठमाडौं । देशभरको मौसममा बिहीबार सामान्यतया बदली हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तरी बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव परेकाले मौसममा बदली आएको हो ।

मनसुन न्यून चापीय रेखा पश्चिमी भू–भाग नजिक रहेको बताइएको छ । मौसमविद विभूति पोखरेलका अनुसार अहिले पनि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । मौसमविदका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसमविदहरुले बताएका छन् । देशका विभिन्न भागका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैलाई अपिल गरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot, #जल तथा मौसम पूर्वानुमान महाशाखा, #मौसम, #मौसमविद, #हल्कादेखि मध्यम वर्षा

तपाईको कमेन्ट लेख्नुहोस्