शिक्षा क्षेत्रमा कोरोना प्रभाव : अनलाईन पठनपाठनमा सहभागी हुन त्रिविको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नभएको भन्दै भर्चुअल माध्यमबाट भइरहेको पठनपाठनमा सहभागी हुन आग्रह गरेका हुन् ।
विद्याथीलाई आ–आफ्नो अध्ययनरत विभाग र स्कूल क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरिएको छ । आफ्नो सम्पर्कमा त्रिविमा अध्ययनरत कुनै विद्यार्थी भएमा सम्पूर्ण अभिभावक, स्थानीय सरकारका प्रतिनिधि, स्थानीय प्रशासन, समाजसेवी, शिक्षाविद् तथा अन्य सबै सरोकारवालालाई समेत पठनपाठनमा विद्यार्थी सहभागी गराउन अनुरोध गरेको छ । त्रिविले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा आउने नदेखिएसँगै लिने स्थिति नरहेको आँकलन सहित गत चैत्रको तेस्रो सातादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको इमेलको ठेगाना बनाई अनलाइन विधिबाट पठनपाठन सञ्चालन गरिरहेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नेपालमा पनि प्रवेश गरेसँगै यसले जनस्वास्थ्यमा पार्ने असरलाई मध्यनजर राखी गत चैत्र ६ गतेदेखि त्रिविमा सञ्चालन भइरहेका सम्पूर्ण पठनपाठन तथा परीक्षाहरू स्थगन गरिएको थियो ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्