Techie IT
Mission Khabar

पूर्वमन्त्री बस्नेतले लिए अभिभावक गुमाएका ८ बालबालिकालाई पढाउने जिम्मेवारी


काठमाडौ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको पहिरोमा परि अभिभावक गुमाएका आठ बालिकको कक्षा १२ सम्मको शिक्षाको जिम्मा लिने घोषणा गरेका छन् । वस्नेतले जुगल गाउँपालिकाको लिदी पहिरोमा परि अभिभावक गुमाउने ७ जना बालिका र बाह्रविसे पहिरोका कारण अभिभावक गुमाएका एक जना बालिका गरि आठजनालाइ निशुल्क कक्षा १२ सम्म पढाउने प्रतिबद्धता जनाएका हुन् ।

होस्टेलमा राखेर उनीहरुलाई शिक्षा दिइने बताइएको छ । बस्नेतले यसअघि कोरोनाको कारण पहिलो मृत्यु हुने महिलाको एक जना बच्चालाइ पोषण स्वरुप १ लाख र १२ कक्षासम्म निशुल्क अध्ययनको जिम्मेवारी लिने घोषणा गरेका थिए । बुबा खड्गबहादुर बस्नेतको कोरोनाको कारण भएको मृत्युकार्य सकेको केही दिनमै पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता बस्नेतले एक विज्ञप्ती जारी गर्दै ८ बालबालिकालाई निशुल्क पठाउने प्रतिबद्धता जनाएका हुन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्