Techie IT
Mission Khabar

नेपालमा कोरोनाको उच्च रेकर्ड, थपिए १ हजार १११ संक्रमित (कहाँ कति ?)

काठमाडौं उपत्यकामा मात्रै ३ सय ७७ संक्रमित थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा उच्च रेकर्ड बनाउँदै १ हजार १ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६ सय २९ नमुना परीक्षण गर्दा ३ सय ३४ महिला र ७ सय ७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा समेत उच्च रेकर्ड बनाउँदै ३ सय ७७ जना संक्रमित थपिएका छन् । संक्रमित मध्ये काठमाडौंका २ सय ७० जना, ललितपुरका ६६ र भक्तपुरका ४१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक सातायता राजधानीमा निषेधाज्ञा जारी गरिएको भएपनि संक्रमितको संख्या भने बढिरहेको छ । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५ सय ६९ जना घर फर्किएसँगै कोरोना जित्नेहरुको संख्या २० हजार ७३ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ रहेको छ ।

बुधबार मात्रै पनि काठमाडौं उपत्यकामा ३०१ जनामा संक्रमण पुष्टि भएको थियो । सरकारी रेकर्ड अनुसार १ सय ८३ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

कहाँ कति थपिए संक्रमित ?

प्रदेश १ का जिल्लाहरु
खोटाङका एकजना, मोरङका २० जना, संखुवासभाका ४ जना र सुनसरीका ३८ जनामा कोरोना संक्रमण पुष्टि ।

प्रदेश २ का जिल्लाहरु
धनुषाका ४९ जना, पर्साका ८५ जना, बाराका ३० जना, महोत्तरीका ७ जना, रौतहटका १५ जना, सप्तरीका २२ जना, सर्लाहीका ६ जना र सिरहाका ७ जनामा कोरोना पुष्टि ।

बागमती प्रदेशका जिल्लाहरु
काठमाडौंका २७०, काभ्रेका १३ जना, चितवनका ४५ जना, दोलखाका २ जना, धादिङका एकजना, नुवाकोटका ७ जना, भक्तपुरका ४१ जना, मकवानपुरका ६३ जना, रामेछापका ६ जना, ललितपुरका ६६ जना, सिन्धुपाल्चोकका ३ जना र सिन्धुलीका ५ जनामा कोरोना संक्रमण पुष्टि ।

गण्डकी प्रदेशका जिल्लाहरु
कास्कीका २ जना, गोरखाका एकजना, तनहुँका ११ जना, नवलपरासी पूर्वका १७ जना, पर्वतका एकजना, लमजुङका ३ र बाग्लुङका ८ जनामा कोरोना संक्रमण पुष्टि ।

प्रदेश ५ का जिल्लाहरु
कपिलवस्तुका २१ जना, गुल्मीका ३ जना, दाङका २ जना, नवलपरासीका १८ जना, प्युठानका ४ जना, बर्दियाका एकजना, बाँकेका ७५ जना र रुपन्देहीका ७२ जनामा कोरोना संक्रमण पुष्टि ।

कर्णाली प्रदेशका जिल्लाहरु
जाजरकोटका ५ जना, दैलेखका १२ जना, सुर्खेतका ९ जनामा कोरोना पुष्टि ।

सुदूरपश्चिम प्रदेशका जिल्लाहरु
कंचनपुरका ६ जना, कैलालीका २० डोटीका ६ जना, बझाङका एकजना र बैतडीका १७ जनामा कोरोना पुष्टि ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्