कोरोना महामारीमा औषधिभन्दा मोवाइ फोनको माग, साउन महिनामै करिब साँढे ४ अर्ब बाहिरियो

काठमाडौं । कोरोना महामारी र लकडाउनको प्रभाव परेपनि गत साउन महिनामा करिब साढे चार अर्ब रुपैयाँको मोवाइल फोन आयात भएको छ । कोरोना भाइरसको महामारीको समयमा बिलासी विद्युतीय सामग्री मोबाइल धेरै आयात हुँदा औषधिको आयात न्युन देखिएको हो ।
भन्सार विभागका अनुसार साउन महिनामा ४ लाख ७० हजार ६२१ सेट मोबाइलको भन्सार पास भएको छ । यी मोवाइल खरिद गर्दा ४ अर्ब २६ करोड ४९ लाख ६६ हजार रुपैयाँ बाहिरिएको छ । गत वर्षको साउन महिनामा दुई अर्ब ४१ करोड रुपैयाँको मोबाइल फोन नेपाल भित्रिएको देखिन्छ । यस वर्ष मोबाइल आयात बापत सरकारले ६७ करोड ५० लाख ६६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
साउन महिनामा औषधि भने १२ करोड १७ लाख २० हजार रुपैयाँको आयात भएको छ । औषधिको कच्चा पदार्थ भने ३० करोड ७० हजार रुपैयाँ बराबर आयात भएको भन्सारको रेकर्ड छ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्