Techie IT
Mission Khabar

अर्बपति उद्योगी चौधरीमा कोरोना संक्रमण, बढ्दै संक्रमण र मृत्युदर


काठमाडौं । उद्योगी विनोद चौधरीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार आफ्नो ट्विटरमार्फत सांसद समेत रहेका उद्योगी चौधरीले आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले गरेको ट्विटमा उल्लेख छ । डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको समेत उनले जानकारी गराएका छन् ।

यस्तै, तराईका जिल्लाको सीमा सुरक्षामा खटिएका ४७ सशस्त्र प्रहरी सहित ५७ जनामा कोरोना पुष्टि भएको छ । मकवानपुरमा २९ जनामा कोरोना पुष्टि भएको छ । बीरगंज कारागारका कैदीबन्दीमा समेत कोरोना देखिएको छ । लमजुङमा १७ जना नेपाली सेनामा र सैनिक अस्पताल छाउनीमा कार्यरत ९ जनामा आजमात्रै कोरोना पहिचान भएको छ ।

आज मात्रै ८ जनाले कोरोनाका कारण ज्यान गुमाएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९१ पुगेको छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्