उपत्यकामा ४१५ सहित थपिए ९२७ संक्रमित, ३६४५६ संक्रमण देखिदा १९५ को मृत्यु
२० हजार २ सय ४२ ले कोरोना जित्दा देशभर १६ हजार १९ उपचाररत

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ सय २७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ स्वाबको पीसीआर परिक्षण गर्दा यी संक्रमित थपिएका हुन् ।
अहिलेसम्म देशभर ७ लाख ५८ हजार १ सय १० पीसीआर परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या २० हजार २ सय ४२ पुगेको छ । देशभर १६ हजार १९ सक्रिय संक्रमित रहेकोमा ६ हजार ४४६ होम आइसोलेसनमा र ९ हजार ५७३ जना देशभरका विभिन्न कोभिड अस्पताल तथा संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । एकै दिन थप १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।
कहाँ कति संक्रमित थपिए ?
प्रदेश १ का जिल्लाहरु
इलामका एकजना, उदयपुरका एकजना,ओखलढुंगाका एकजना, झापाका १५ जना, पाँचथरका २ जना, मोरङका ४७ जना, संखुवासभाका २ जना, सुनसरीका ४१ जना, सोलुखुम्बुका एकजनामा कोरोना संक्रमण पुष्टि ।
प्रदेश २ का जिल्लाहरु
धनुषाका २० जना, पर्साका एकजना, बाराका ४ जना, महोत्तरीका १३ जना, रौतहटका २१ जना, सप्तरीका ७ जना र सर्लाहीका १३ जना र सिरहाका १२ जनामा कोरोना संक्रमण पुष्टि ।
बागमती प्रदेशका जिल्लाहरु
काठमाडौंका ३५० जना, काभ्रेका १७ जना, चितवनका २६ जना, धादिङका १६ जना, नुवाकोटका ३ जना, भक्तपुरका ५४, मकवानपुरका ५१ जना, रसुवाका एकजना,ललितपुरका ११ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका २ जनामा कोरोना पुष्टि ।
गण्डकी प्रदेशका जिल्लाहरु
कास्कीका १६ जना, गोरखाका एकजना, तनहुँका ४ जना, नवलपरासी पूर्वका ११ जना, लमजुङका २ जना र बाग्लुङका एकजनामा कोरोना पुष्टि ।
प्रदेश ५ का जिल्लाहरु
अर्घाखाँचीका २ जना,कपिलवस्तुका २ जना, दाङका एकजना, नवलपरासीका २ जना, बर्दियाका २ जना, बाँकेका ३६ जना, रुपन्देहीका ७२ जनामा कोरोना पुष्टि ।
कर्णाली प्रदेशका जिल्लाहरु
जुम्लाका ६ जना, दैलेखका ११ जना र सल्यानका ३ जनामा कोरोना संक्रमण पुष्टि ।
सुदूरपश्चिम प्रदेशका जिल्लाहरु
कंचनपुरका एकजना, कैलालीका ११ जना, डोटीका ९ जनामा कोरोना सक्रमण पुष्टि ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #कोरोना उपचार, #कोरोना भाइरस (कोभिड–१९), #कोरोना मृत्यु, #पीसीआर परिक्षण, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्