Techie IT
Mission Khabar

राज्यको निर्देशनलाई चुनौती दिदै औषधि बजारमा पम्प्लेट आतंक


काठमाडौं । उपत्यकासँगै बढी जनघनत्व भएका देशैभरका शहरहरुमा कोभिड संक्रमणको जोखिम बढेको छ । देशभर कोरोना महामारीको जोखिम र मृत्युदर बढिरहँदा आवश्यक स्वास्थ्य सावधानी सहित आफु पनि बचौं र अरुलाइ पनि बचाऔँ भन्ने अभियानलाई सबैले आत्मसाथ गर्नुपरेको छ ।

सरकारले पनि संक्रमणको जोखिमबाट आफ्ना नागरिकलाई बचाउन भन्दै दोस्रो चरण अन्र्तगत भाद्र १० बाट आगामी १७ गतेसम्म उपत्यकामा अत्यावश्यक सेवा वाहेक अन्य सेवा सञ्चालमा रोक लगाउदै कडाइकासाथ निषेधाज्ञा लागू गरेको छ । तर जारी निषेधाज्ञाकावीच राज्यले २४ घण्टा निर्वाद रुपमा सञ्चालन गर्न भन्दै सकुर्लर गरेको अत्यावश्यक सेवा अन्र्तगतको औषधि खरिद विक्रीमा भने बारम्बार अवरोध भइरहेको छ । पछिल्लो समय औषधि तथा सर्जिकल सामाग्री बिक्रिको मुख्य केन्द्र मानिएको क्षेत्रपाटीस्थित बजारमा स्थानीय रक्तकाली युथ क्लवले सोहि क्षेत्रमा रहेका औषधि सम्वद्ध संस्थाको निर्देशमा कामपा वडा न १७ र १८ वडा समितिको निर्णय भन्दै साताको तीन दिन मात्रै औषधि बजार सञ्चालन गर्न पाउने भन्दै पम्प्लेट टाँसेको छ ।

२४ घण्टा निर्वाद खुल्नुपर्ने र सेवा दिनुपर्ने अत्यावश्यक वस्तुका रुपमा राखिएको औषधी बजारमा राज्यको निर्देशलाइ खुला चुनौती दिन काम गरेर औषधि बजारभरिनै पम्प्लेट आतंक मच्चाइएको छ । यसरी टाँसिएको पम्प्लेटमा अर्को निर्णय नआएसम्म यहि निर्णय लागु हुन्छ भन्ने उर्दि जारी गर्दै औषधि बजार साताको ३ दिनमात्र सञ्चालन गर्न भनिएको छ । यो पम्प्लेट आतंक बारे विगत लामो समयदेखि त्यस क्षेत्रमा क्रियाशील रहेका औषधि सम्वद्ध व्यवसायी तथा थोक औषधि व्यवसायी संघ मात्रै होइन्, उक्त सूचनाका सवालमा संयोजनकर्ता भनिएको कामपा वडा १७ र १८ का अधिकारी समेत यसबारे अनविज्ञ छन् । क्षेत्रपाटीको औषधी बजारमा देखिएको पम्प्लेट आतंक बारे मिसन खबरले वडा नं. १७ अध्यक्ष नविन मानन्धर र थोक औषधि व्यवसायी संघका अध्यक्ष शिवराज बास्कोटालाई जिज्ञाशा राख्दा आफूहरुसँग कुनै सरसल्लाह नभएको बताए ।

स्थानीय वडाको निर्णय भन्दै क्लवको तर्फबाट जारी उर्दीले औषधि जस्तो गम्भीर विषयमा खेलवाड गर्न खोजेको भन्दै आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै कारोवार गर्नुपर्ने औषधि बजारमा क्लब वा वडाका नाममा लगाइएको बन्देज मान्य नहुने थोक औषधि व्यवसायी संघका अध्यक्ष बास्कोटाले बताए । सरकारले २४ घण्टा निर्वाध खुला रहने र हुनुपर्ने भन्दै अत्यावश्यक सेवामा राखेर विना अबरोध सञ्चालन गर्न दिएको औषधी व्यवसायमाथी अनावश्यक हस्तक्षप गरेर जोखिममा सेवा दिइरहेका व्यवसायीलाई हतोत्साहित बनाउने कि स्थानीय क्लबले हौसला बढाउँदै सहकार्यको हात बढाउने ? पम्प्लेट आतंक नियालिरहेका व्यवसायी अहिले यहि प्रश्न गरिरहेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #औषधि, #औषधी व्यवसाय, #कामपा वडा १७ र १८, #क्षेत्रपाटी, #थोक औषधि व्यवसायी संघ, #रक्तकाली युथ क्लव, #शिवराज बास्कोटा

तपाईको कमेन्ट लेख्नुहोस्