Techie IT
Mission Khabar

मोरङकी सज्जा चौलागाईंलेे जितिन नेपाल आइडल सिजन-३ को उपाधी


काठमाडौं । मोरङ पथरी शनिश्चरे निवासी सज्जा चौलागाईं नेपाल आइडल सिजन–३ को विजेता बन्न सफल भएकी छिन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता बनेकी हुन् ।

सज्जाले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरेकी छन् । फष्ट रनर अप प्रविण वेडुवाल बने भने किरणले सेकेन्ड रनरअपमा चित्त बुझाउनुपरेको छ । वेडुवालले १० लाख र भुजेलले ५ लाख पाएका छन् ।

आइडल टिमका एक सदस्यमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएसंगै सिमित व्यक्ति आइडल टिम र प्रतियोगि मात्र राखेर विजेता घोषणा गरिएको थियोे ।

वाइल्ड कार्डको प्रस्तुतिपछि लकडाउनका कारण आइडल रोकिएको थियो । यो श्रृङ्खलापछि शीर्ष पाँच घोषणा गर्ने तयारी थियो । लकडाउन घोषणा हुनासाथ प्रतिस्पर्धीहरुलाई आ–आफ्नो घर पठाइएको थियो । लकडाउन खुकुलो भएसँगै दर्शकबिना नै आइडलले बाकी कार्यक्रम प्रशारण गरेको थियो ।

आईडल निर्माण टिमका एक सदस्यलाई कोरोना पुष्टि भएसंगै प्रतियोगि र सबै टिम बाँकी कार्यक्रम रोकेर आईसोलेसनमा बस्नुपर्ने भएको छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्