Techie IT
Mission Khabar

त्रिभुवन विश्वविद्यालयका सबै वार्षिक परीक्षा दसै पछि, कति सम्भव भर्चुअल परीक्षा ?


काठमाडौं । कोरोना महामारिका कारण त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दसैँ पछाडि मात्रै हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा देखिएसँगै दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको जानकारी दिएका हुन् ।

पनिकाले वार्षिक परीक्षा आफैले सञ्चालन गर्ने भन्दै सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षा गर्ने तयारी गरेको थियो । कोरोनाको संक्रमण र मृत्युदर बढेसँगै दसैँ अगाडि कुनै पनि परीक्षा गर्न सम्भव नहुने भन्दै परीक्षा नियन्त्रक जोशीले मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी गरिने बताए । पनिकाले मङ्सिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ ।

नियन्त्रक जोशीले चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने जानकारी दिए । चारवर्षे शैक्षिक कार्यक्रमलाई ४८ महिनामा सकाउने लक्ष्य सहित पनिकाले शैक्षिक क्यालेण्डर बनाउँदैछ । अहिले ती चारवर्षे शैक्षिक कार्यक्रम ४५ देखि ४६ महिनामा सकिने गरेका छन् ।

भर्चुअल परीक्षा धेरै विद्यार्थी भएको तहमा असम्भव जस्तै
परीक्षा नियन्त्रक जोशीले सेमेष्टर प्रणाली परीक्षाको खाकासहितको प्रतिवेदन सम्बन्धित डिन कार्यालयले बुझाएपछि कसरी परीक्षा गर्ने भन्नेबारे छलफल हुने जानकारी दिए । सेमेष्टर परीक्षाका बारेमा भर्चुअल माध्यमबाट परीक्षा लिने गरि तयारी गरिएपनि धेरै विद्यार्थी भएको तहमा भर्चुअल माध्यमबाट परीक्षा सम्भव नहुने परीक्षा नियन्त्रक जोशीले जानकारी दिए ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्