Techie IT
Mission Khabar

नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुग्यो, २०७ जनाको मृत्यु

२० हजार ५५५ जनाले कोरोना जित्दा १६ हजार ५७८ उपचाररत


काठमाडौं । पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९७१ जनाको पीसीआर नमुना परीक्षण गर्दा २४२ महिला र ६४२ पुरुषमा कोरोना पुष्टि भएको हो ।

हालसम्म ६ लाख ६९ हजार ८१ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ३१३ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै हालसम्म २० हजार ५५५ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेहरुको संख्या ५५ प्रतिशत रहेको छ । शनिबारसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ पुगेको छ। यी मध्ये ६ हजार ४४५ जना होम आइसोलेसन र १० हजार १४५ जना संस्थागत आइसोलेसनमा छन् । देशका विभिन्न क्वारेन्टिनमा ८ हजार ३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

कहाँ कति थपिए संक्रमित ?
काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा गरेर पछिल्लो २४ घण्टामा उपत्यकामा १८६ संक्रमित थपिएका छन् । शुक्रबार काठमाडौंका ३५० जना, ललितपुरका ११ जना र भक्तपुरका ५४ जना गरी ४१६ जनामा संक्रमण पुष्टि भएको थियो।

सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६/२६ जना, सुनसरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१/२१ जना, झापा र बाँकेका २०/२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९/१९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९/९ जना, रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३/३ जना, सप्तरी र कपिलवस्तुका २/२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश
ट्याग : #breaking, #कोरोना भाइरस (कोभिड–१९), #कोरोना मृत्यु, #कोरोना संक्रमित, #कोरोनाको जोखिम, #पीसीआर परीक्षण, #समुदायमा कोरोना, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्