पोषण र बाल विकास : कोरोना महामारीमा स्वस्थकर खानेकुरामा चासो

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दैगर्दा स्वस्थ्यकर खाने कुराको बारेमा चासो बढ्न थालेको छ । शनिबार ‘स्मार्ट प्यारेन्टिङ नेपाल’द्वारा भर्च्युअल रुपमा आयोजित पोषण र बाल विकास कार्यक्रममा डा. अरुणा उप्रेतीले अस्वस्थकर खानेकुराको सेवन गर्ने बानीले बालबालिका रोगी हुँदै गएको बताइन् ।
डा. उप्रेतीले कोरोनाको जोखिम बढ्दैगर्दा स्वस्थकर खानेकुरामा चासो बढ्न थालेको जानकारी दिइन् । हिजो बजारमा प्याकिङ गरिएका खानेकुरा हुँदैनथे तर अहिले बच्चा रोयो भने उसलाई फकाउनका लागि चाउचाउ, बिस्कुट, चिसो किनिदिने चलनसँगै रोगको जोखिम बढेको छ । जंक फुडका कारण बच्चामा कुपोषणसँगै रोगको जोखिाम बढेको डा. उप्रतीले बताइन् ।
विभिन्न सञ्चार माध्यममा प्रकाशित वा प्रशारित हुने गरेका विज्ञापनको असर बालबालिकामा देखिने गरेको समेत डा. उप्रेतीको आरोप थियो । ‘स्मार्ट प्यारेन्टिङ नेपाल’ ले पोषण र बाल विकासका बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्