महानगरको बजार अनुगमन, कुलेश्वरको जय माँ दुर्गा ट्रेडर्समाथी बिक्रि प्रतिबन्ध

काठमाडौं । कुलेश्वर क्षेत्रमा सञ्चालन भएको जय माँ दुर्गा ट्रेडर्सबाट बिक्री गर्न लागिएको २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा भटमास बिक्रीका प्रतिबन्ध लगाइएको छ । काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले यी खाद्य सामाग्री बिक्रीमा प्रतिबन्ध लगाएको हो ।
उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत नराखी २ सय सादा पहेँलो बोरामा बिक्रीका लागि राखिएका केराउ, उत्पादन मिति मेटिएका बालाजी प्याकेजिङ्का करीब १ सय बोरा आजतक ब्राण्डका चामल र क्यानडाबाट आयात गरिएको २० बोरा भटमासलगायतका सामानको गुणस्तर, व्यापार मापदण्ड, कर भुक्तानी, व्यवसाय दर्ता र नविकरण भएको प्रमाणसहितका कागजात पेश नगरुञ्जेल बिक्रीमा प्रतिवन्ध लगाइएको अनुगमन टोलीले जानकारी दिएको छ । ट्रेडर्सले पिकअप गाडीमा राखेर बनेपाको एबीसी खाद्य स्टोरमा पठाउन लागेको खाद्य सामाग्रीमा हुनुपर्ने आधारभूत मापदण्ड नभएकोले अनुगमनकै क्रममा ती सामान ट्रेडर्सको गोदाममा फिर्ता गराइएको छ । उपमेयर खड्गी श्रेष्ठले खाद्य गुणस्तरमा ध्यान पु¥याउन सकिएन भने रोगसँग लड्ने क्षमता घट्ने भन्दै महानगरको उपभोक्ता हित समितिले तरकारी, खाद्य, दूग्ध पदार्थ तथा मासुजन्य सामाग्रीको बजार अनुगमनलाई तिब्रता दिने बताएकी छन् ।
ट्रेडर्ससँगै कुलेश्वर क्षेत्रका खाद्य थोक पसलहरुको अनुगमनका क्रममा दाल, चामल, गेडागुडीको भण्डारण, खरिद बिक्री बिल, तौल, मूल्य, गोदामको अवस्था हेर्न भन्दै अनुगमन टोली पुगेपनि अधिकांश पसल बन्द भेटिएका थिए । अनुगमन टोलीले खाद्यान्न ढुवानी गरेर आएका सवारीमा राखिएको सामानको गुणस्तर र सम्भावित चुवाहट बारे समेत अनुगमन गरेको छ । यस अघि कालीमाटी र बल्खु तरकारी बजारको अनुगमन गरिएको थियो ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्