Techie IT
Mission Khabar

कोरोनाको उच्च रेकर्ड : एकैदिन १२ सय २१ संक्रमित, १४ जनाको मृत्यु

३८ हजार ५६१ संक्रमित मध्ये २० हजार ८२२ ले जिते कोरोना


काठमाडौं । एकैदिन उच्च रेकर्ड बनाउँदै १ हजार २ सय २१ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर ३ सय ४८ महिला र ८ सय ७३ पुरुष संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका हुन् । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ पुग्दा संस्थागत आइसोलेसनमा १० हजार ६ सय १२ र होम आइसोलेसनमा ६ हजार ९ सय जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा २ सय ६७ निको भएसँगै कोरोना जित्नेहरुको संख्या २० हजार ८ सय २२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ४ महिला र १० पुरुषसहित थप १४ जनाको मृत्यु भएको छ । महोत्तरीका ३ जना, सुनसरी र रुपन्देहीका २–२, बारा, काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, रौतहट, र नवलपरासीका १–१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २१ जना पुगेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #कोरोना उपचार, #कोरोना भाइरस (कोभिड–१९), #कोरोना विशेष अस्पताल, #कोरोनाबाट मृत्यु, #डा.जागेश्वर गौतम, #नोवेल कोरोना भाइरस (कोभिड–१९), #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्