Techie IT
Mission Khabar

बैंक एटीएममा सुविधा, एउटा बैंकको अरुमा प्रयोग गर्दा थप शुल्क नलाग्ने


काठमाडौं । जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सँधैका लागि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको हो ।

यसअघि नेपाल राष्ट्र बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै अतिरिक्त शुल्क नलिन आग्रह गरेअनुसार बैंकले अतिरिक्त शुल्कमा छुट दिदै आएका थिए । लकडाउनका बेला बैंकर्स संघले नै शुल्क नलिने घोषणा सहित सेवा दिएका थिए । लकडाउन खुलेपछि पुनः शुल्क लिन थालिएपनि राष्ट्र बैंकले मौद्रिक नीतिमै व्यवस्था गरेर कोरोना महामारीको बेलासम्म भन्दै निःशुल्क गर्न निर्देशन दिएको थियो । ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै यस्तो निर्देशन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्