Techie IT
Mission Khabar

बढ्दै कोरोना, घट्यो पीसीआर परिक्षण शुल्क


काठमाडौं । देशभर पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाको संख्या १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकनुसार मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, रौतहट र रुपन्देहीमा पाँच सय बढी सक्रिय संक्रमित छन् ।

मुस्ताङ र हुम्लामा संक्रमित शुन्य रहेका छन् । देशभर आईसीयूमा उपचाररत संक्रमितको संख्या एक सय ३२ र भेण्टिलेटरमा राखेर उपचार भइरहेका विरामीको संख्या १६ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको अधिकतम शुल्क ४४०० रुपैयाँ तोकेको छ ।

प्रयोगशाला वा आफ्नै ल्याब भएका अस्पतालहरुले ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्नुपर्ने र आफ्नै ल्याब नभएका अस्पतालहरुले भने पीपीई लगायतको शुल्कका रुपमा थप ४०० रुपैयाँ थपेर ४ हजार ४ सय लिन पाउनेगरि सरकारले पीसीआर जाँचको शुल्क निर्धारण गरेको हो ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्