Techie IT
Mission Khabar

उपत्यकामा लम्बिदै निषेधाज्ञा, केही सेवा खुकुलो बनाउने तयारी


काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरेका छन् । उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने मनसायमा प्रशासन कार्यालयहरु पुगेका हुन् ।

निषेधााज्ञा लम्ब्याउदा अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारेर मोडालिटी बनाइएको छ । मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा आगामी साताको निषेधाज्ञामा होम डेलिभरी र टेकअवे सेवालाई खुला गर्ने, निर्माणका सामान र भन्सारबाट आउने सामग्रीलाई सहजीकरण गर्ने बारे छलफल भएपनि निष्कर्ष निश्किन बाँकी रहेको बताइएको छ ।

कतिदिन थप्ने र के कस्ता सेवामा सहुलियत दिने भन्नेबारे अन्तिम निर्णय बुधबार गृह मन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेसँग हुने छलफलपछि तय हुने बताइएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता लगाएको निषेधाज्ञा भदौ १० मा पुनः ७ दिन थपिएकोमा बुधबार मध्यरातिबाट सकिँदैछ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्