Techie IT
Mission Khabar

थपिए १ हजार १२० संक्रमित, ४२ हजार ६४९ मा संक्रमण देखिदा २ सय ५१ को मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १ सय २० जना संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २० महिला र ८ सय पुरुष संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३ सय ५०, ललितपुरका २९ र भक्तपुरका ९ जना रहेका छन् । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ पुग्दा संस्थागत आइसोलेशनमा १० हजार ४ सय ९३ र होम आइसोलेशनमा ७ हजार ६ सय १५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या २३ हजार २ सय ९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २ सय ५१ पुगेको छ । काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको ललितपुर, तनहुँ, कपिलवस्तु, बारा, धादिङ र भक्तपुरमा १–१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्