Techie IT
Mission Khabar

थपिए १२ सय २८ कोरोना संक्रमित, २४ हजार बढीले कोरोना जित्दा २ सय ५७ को मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कुल संक्रमित मध्ये २५७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ९१७ जना डिस्चार्ज भएसँगै २४ हजार २०७ जनाले कोरोना जितेका छन् ।

थपिएका संक्रमितहरु
काठमाडौं उपत्यकामा मात्र ४४५ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा २५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना, सर्लाहीका १०९ जना, बाराका ७१, पर्साका ६५, धनुषाका ६४, चितवनका ५६, रुपन्देहीका ५२, मोरङका ४६, कास्कीका ३१, रौतहटका २९, सुनसरीका २७, मकवानपुरका २२, महोत्तरीका २०, कैलालीका १५, झापाका १२, कपिलवस्तुका ११ तथा गुल्मी र बझाङका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

लमजुङ र नवलपरासीका ९/९ जना, बाँकेका ८, ओखलढुंगा, काभ्रे र सुर्खेतका ७/७ जना, संखुवासभा, नवलपुर, दैलेख र अछामका ६/६ जना, दोलखा, गोरखा र बर्दियाका ५/५ जना, नुवाकोट, दाङ र डोटीका ४/४ जना, धनकुटा, धादिङ, सिन्धुपाल्चोक, तनहुँ र कञ्चनपुरका ३/३ जना, उदयपुर, तेह्रथुम, पाल्पा, प्युठान, कालीकोट, सल्यान, दार्चुला र बैतडीका २/२ जना तथा सप्तरी, रामेछाप, बाग्लुङ र जाजरकोटका १/१ मा संक्रमण देखिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्