Techie IT
Mission Khabar

प्राकृतिक प्रकोपको जोखिम : बाढीपहिरोबाट चार महिनामै २६२ जनाको मृत्यु


काठमडौं । यसवर्षको चार महिना (जेठदेखि भदौ १७ गतेसम्म) को मनसुनी वर्षाका क्रममा आएको बाढी पहिरोबाट २६२ जनाले ज्यान गुमाउनु परेको छ । बढीपहिरोले सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा हुँदा आर्थिक क्षति मोरङमा भएको छ ।

गृहमन्त्रालयको तथ्याङ्क अनुसार पहिरोमा परेर २४६ जनाले ज्यान गुमाएका छन् । १९० जना घाइते भएका छन् भने २० जना हराइरहेका छन् । कुल ३७५ परिवार पहिरोबाट प्रभावित भएको सरकारी रेकर्ड छ । बाढीका कारण १६ जनाले ज्यान गुमाउँदा ५ जना घाइते छन् । २० जना हराइरहेका छन् । कुल ६२४ परिवार बढिबाट प्रभावित भएको गृहको आँकडा छ । गत वर्षको यही अवधिमा पहिरोबाट ७९ जनाले ज्यान गुमाएका थिए भने ७७ जना घाइते भएका थिए । यसैगरि, दुई हजार नौ सय ९३ परिवार प्रभावित भएका थिए । बाढीबाट ७२ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए । तीन हजार ५२ परिवार प्रभावित भएका थिए ।

यो वर्षको मनसुनमा पहिरोले झण्डै ४ करोडको भौतिक क्षति भएको सरकारी तथ्याङ्क छ । गृहमन्त्रालयका अनुसार पहिरोका कारण ३ करोड ६४ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको भौतिक क्षेति भएको हो ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्