Techie IT
Mission Khabar

आफ्नै प्रतिबद्धता पुरा गर्दैन सरकार, भत्ता नपाएका सुरक्षाकर्मीले तलब समेत पाएनन्


काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारद्वारा घोषित भत्ता नपाएको चर्चा चलिरहँदा एक महिनादेखि तलब समेत रोकिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले विकास गरेको नयाँ सफ्टवेयरमा डाटा इन्ट्री भइनसकेको कारण देखाउँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तलब रोकिएको हो । सुरक्षाकर्मीले भदौ महिना सकिन लाग्दा अहिलेसम्म साउनको तलब नै पाएका छैनन् । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल र सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालले तलब आउन ढिलाइ भएको स्वीकार गरे । नेपाल प्रहरीका एक उच्च अधिकृतले तलब आउने बेलामा मात्रै डाटा इन्ट्री गरेर तलब दिन गरिएको ढिलाइले सुरक्षाकर्मीको मनोबल गिराएको बताए ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार तलब वितरणलाई व्यस्थित गर्न एलएमबीआईएस (लाइन मिनिस्ट्री इन्फर्मेसन बजेट सिस्टम) कडाइका साथ लागू गरिएको छ । अर्कोतपर्ल सुरक्षाकर्मीको तलब काट्न हतार गरेको सरकारले आफैबाट घोषित प्रोत्साहन भत्ता दिन समेत आनाकानी गरिरहेको छ । चार महिनासम्म पनि भत्ता नआएको गुनासो सुरक्षाकर्मीको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्