थप पाँच जनाको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७६ पुग्यो
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप पाँच जनाको ज्यान गएको छ । पछिल्लो समय मृत्यु हुनेमा पर्सा, काभ्रे, मोरङ, बुटवल र नवलपरासीका एकएक जना रहेका छन् ।
–बिहिबारदेखी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विराटनगर ११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार बेलुका साढे ६ बजे मृत्यु । विराटनगरको न्यूरो अस्पतालबाट श्वासप्रश्वासमा समस्या, पेट र छातीको दुखाईपछि धरान रेफर गरिएको थियो ।
–बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस संक्रमितको मृत्यु नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हो ।
–कोरोना संक्रमण पुष्टि भएका बर्दिबासका ७६ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
–पर्सामा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणका कारण पकहा मैनपुर गाउँपालिका २ निवासी ७५ वर्षका बैजनाथ महतोको मृत्यु भएको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २७६ पुगेको छ । शुक्रबार साँझसम्म कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ भने २५ हजार ५ सय ६१ जनाले कोरोना जितेका छन् ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्