करेन्ट लागेर दुबै हात गुमाएका मानबहादुरले गरे सहयोगको अपिल, उपचारमा २५ लाख आवश्यक
काठमाडौं,धनगढी । झण्डै एक महिनाअघि करेन्ट लागेर दुबै हात गुमाएका कैलालीका एक युवकको आर्थिक अभावका कारण उपचार प्रभावित भएको छ । करेन्ट लागेर दुबै हात गुमाएका धनगढी उपमहानगपालिका–३ विशालनगरका ३१ वर्षीय मानबहादुर बस्नेत (मनोज)को उपचार आर्थिक अभावका कारण हुन नसकेको हो ।
अहिलेसम्म झण्डै १२ लाख खर्च गरिसकेका उनको उपचारमा अझै २५ लाख जति खर्च लाग्ने भएपछि आर्थिक सहयोगको अपिल गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० स्थायी घर भएका मानबहादुरको गएको साउन १३ गते धनगढी उपमहानगरपालिका–३ विशालनगरमा फलामको काम गदै गर्दा करेन्ट लागेर पूरै शरीर जलेको थियो। धनगढीको स्थानीय मायामेट्रो अस्पतालमा प्राथमिक उपचार गरिएपनि थप उपचार सम्भव नभएपछी काठमाडौं रिफर गएिका उनकोअहिले काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । बस्नेतको उपचारकै क्रममा दुई वटै हात काटिएको छ । ग्रिल व्यवसाय सञ्चालन गरेर श्रीमती र दुई छोराछोरीको लालनपालन गर्दै आएका बस्नेतको उपचारका क्रममा घरसमेत बेच्नुपरेको छ ।
गिरीले अझै उपचारमा २० देखि २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको भन्दै सहयोगको अपिल गरेका छन् । मानबहादुर बस्नेत र कुमारी बिन्दु बोहराका नाममा एनआईसी एशिया धनगढीमा रहेको ३८५४४५९७२९५२४००१ मा रकम जम्मा गरेर सहयोग गरिदिन देशविदेशमा रहेका नेपाली तथा संघ संस्थाहरुलाई उनले आग्रह गरेका छन्। ताप्लेजुङ सुकेटार घर भइ हाल जर्मनी बस्दै आएका मनकारी व्यक्ति कालीदास तिवारीले ५३ हजार चार सय एक रुपैयाँ सहयोग गरेको भन्दै उनले आभार व्यक्त गरेका छन् ।
क्याटेगोरी : अर्थ / रोजगार, जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #आर्थिक अभाव, #एनआईसी एशिया, #करेन्ट लागेर दुबै हात गुमाए, #कीर्तिपुर अस्पताल, #मानबहादुर बस्नेत (मनोज), #सहयोगको अपिल
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्