नेपाली कांग्रेसको खेलकुद विभागले गरिदियो ओलम्पिको तयारीमा रहेका १२ खेलाडी र ६ प्रशिक्षकको बीमा

काठमाडौं । नेपाली कांग्रेसको खेलकुद विभागले ओलम्पिक छनोटको तयारीमा रहेका खेलाडी र प्रशिक्षकको कोरोना बीमा गरिदिएको छ । जापानमा अर्को वर्ष आयोजना हुने ओलम्पिकको छनोट खेल्ने तयारीमा रहेका खेलाडीको मनोबल उच्च बनाइराख्न उनीहरुसँगै प्रशिक्षकको कोराना बीमा गरिएको हो ।
विभागका सचिव मीनकृष्ण महर्जनले यो वर्ष आयोजना हुनुपर्ने टोकियो ओलम्पिक कोरोना भाइरस कोभिड १९ कै कारण अर्को वर्षका लागि सारिएको जानकारी दिए । विभागले १२ खेलाडी र ६ प्रशिक्षक गरि १८ जनाको जनही १ लाख रुपैयाँको बीमा गरेको सचिव महर्जनले बताए । यसरी बीमित हुने खेलाडीमा करातेकी अनु अधिकारी, नविन रसाइली, आचरीका ज्ञानु अवाले, तिलक पुन मगर, तेक्वान्दोका वीरबहादुर महरा, सुटिङका सुष्मिता नेपाल र कल्पना परियार छन् । यस्तै भारोत्तोलनकी कमला श्रेष्ठ, सञ्जु चौधरी, पौडीकी गौरिका सिंह र एलेक्स जंग शाह तथा जुडोका इन्द्रबहादुर श्रेष्ठले बीमित हुने मौका पाएका छन् ।
प्रशिक्षकतर्फ आर्चरीका कृष्णमाया स्याङ्तान, करातेका दीपक श्रेष्ठ, सुटिङका असिम यादव, भारोत्तोलनका सञ्जय महर्जन, तेक्वान्दोका योङदाल क्वान र जुडोकी देवु थापाको बीमा गरिएको छ । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)को प्रदर्शनका आधारमा नेपाल ओलम्पिक कमिटीले खेलाडीको छनोट गरेको थियो । तर, कोराना संक्रमण समुदायमा नै फैलन थालेपछि खेलाडीको प्रशिक्षण भने अहिले रोकिएको छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्