Techie IT
Mission Khabar

कांग्रेसमा लफडा : सभापति देउवा एकलौटी अघि बढ्दै, पौडेल पक्ष घुर्क्याउँदै


काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै जाँदा सभापति देउवा पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको अन्तर द्धन्द्ध थप बढ्न थालेको छ । पछिल्लो समय देउवाले पार्टीका विभागमा गरेको मनोनयनलगायतका विषयलाई एजेण्डा बनाएर देउवाविरुद्ध पौडेल पक्ष वारपारको संघर्ष गर्ने योजनामा पुगेसँगै बिवादले थप बिस्तार पाएको हो ।

शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराल, नेता शेखर कोइरला, महेश आचार्य, अर्जुननरसिंह केसी, गुरुराज घिमिरेलगायतका नेताहरुले भर्चुअल माध्यमबाट बैठक गरेर देउवाका स्वेच्छाचारी कामकारबाही विरुद्ध निर्णायक कदम चाल्ने निष्कर्ष निकालेपनि अहिले नेताहरु निरन्तर छलफलमा छन् । पौडेल समूहका नेताहरु आफूलाई कांग्रेसभित्रको बैकल्पिक शक्तिका रुपमा दाबी गर्ने कृष्ण सिटौला समूहलाई समेत साथमा लिएर देउवाको एकलकाटे चरित्र बिरुद्धको प्रचार प्रसार अभियान तीव्र बनाउनेदेखि अनशन बस्नेसम्मको तयारीमा छन् । संस्थागत निर्णयमा चल्न भन्दै पटकपटक औपचारिक अनौपचारिक रुपमा ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको निष्कर्षमा पुगेका नेताहरुले अन्तिम मौका भन्दै सभापति देउवालाई गल्ति सच्याउन एक हप्ते अल्टिमेटम समेत दिएका छन् । नेता भिमसेनदास प्रधान भने सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीचको अन्तरद्धन्द्धलाई भागबण्डा नमिल्दाको लडाइ भनिरहेका छन् । हिजो ६०, ४० को भागबण्डा अन्त्य हुनुपर्छ, गुट उपगुट अन्त्य गर्नुपर्छ भनेर महाधिबेशनमा होमिले हारेपछि बिगतमा देउवाले भाग मागे जस्तैगरी ४० प्रतिशत माग्ने रामचन्द्र पौडेल समेत सच्चिनुपर्ने प्रधानले बताए ।

पार्टी समायोजनलाई निर्धारित कार्यतालिका अनुसार अघि बढाउन नसकेको, क्रियाशील सदस्यता वितरण मनलाग्दी ढंगले गरेको, विधानले तोेकेको समय घर्केपछि महाधिवेशनलाई प्रभावित पार्न विभाग गठन गरेको, भातृ तथा सुवेक्षक संगठनमा पनि आफू अनुकुल व्यक्तिलाई स्थान दिएको आरोप पौडेल पक्षको छ । कांग्रेस नेता डा. चन्द्र भण्डारीले भने सभापतिको स्वच्छाचारिता बढी नै देखिएको भन्दै पार्टी नीति र पद्धती भत्काउने शिर्ष नेताहरु सबै सच्चिनुपर्ने बताएका छन् । हुनत, सभापति शेरबहादुर देउवाले पार्टीलाई स्वइच्छाचारी रुपमा चलाएको आरोप भर्खरै मात्र लागेको होइन् । पार्टी पद्धती र सामुहिक निर्णयको संस्कार विकास गर्नुको साटो भागबण्डा र गुटको राजनीति गर्ने नेताहरु नसच्चिने हो भने कांग्रेस थप संकटमा पर्ने कतिपय युवा नेताहरुको मत छ । शिर्ष नेताहरुको सधैको किचलोले वाक्क भएका युवा नेताहरु त बुढापाका नेताहरुले बिश्राम लिनुपर्ने माग गर्न थालेका छन् । अहिलेकै बिवाद र आन्तरिक कलह यथावत रहे तोकिएको समयमा कांग्रेसको महाधिबेशन हुनेमा समेत आशंका पैदा भएको छ ।

रामचन्द्र पौडेल, शशांक, शेखर, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला सभापति देउवा सहित उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ सभापतिको दाबेदार देखिएको कांग्रेसको आगामी नेतृत्व कसले पाउँछ, यसका लागि भने महाधिबेशन पर्खनुपर्ने हुन्छ । छन् । बिवाद र अन्तरकलहकै बीच महाधिबेशनले नयाँ नेतृत्व पाउँछ वा सभापति देउवाले भनेजस्तै महाधिबेशन अघि नै प्रश्न उठाइएका नियुक्ति सच्चिन्छन्, यसका लागि कुर्नैपर्ने हुन्छ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, राजनीति
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्