Techie IT
Mission Khabar

घर र गाडी कर्जाको ब्याजदर नबढ्ने, केही ऋणीलाई राहत


काठमाडौं । घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणको ब्याजदर बढाउन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिएको हो ।

बैंकहरुले आधारदर (बेस रेट) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर घटाउने बढाउने गर्दै आएकोमा राष्ट्र बैंकको निर्देशनले रोकिने भएको छ । बैंकको खर्च तथा जोखिमको केही प्रतिशतसमेत जोडेर बेस रेट निर्धारण गरिन्छ । बेस रेट बढेसँगै बैंकहरुले तत्कालै ब्याजदर बढाउने गरेका छन् ।  ब्याजदर चाडो चाडो बढ्दा किस्ता तिर्नै समस्या परेको भन्दै ऋणीले पटक पटक दुखेको पोख्दै आएका छन् । राष्ट्र बैंकको यो निर्देशनसँगै अब घर तथा गाडी कर्जा लिनेलाई केही राहत हुने भएको छ । राष्ट्रबैंङ्कले यी शीर्षकको ब्याजदर भने ६र६ महिनामा प्रकाशित गर्न बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थीर ब्याजदर कायम गर्न भनेको छ ।

यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका वा हुने घर कर्जा (होम लोन, हाउजिङ लोन) र गाडी कर्जा (अटो लोन, भेहिकल लोन र हायर पर्जेज लोन) लगायतका मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका र एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका कर्जामा यो नियम लागू हुने छ । ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न भने छुट दिइएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्