निषेधाज्ञमा समेत अनुगमन : गुनासो आउनासाथ बजार पुग्न ‘र्यापिड रेस्पोन्स टिम’

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग निषेधाज्ञाको समयमा पनि अनुगमनलाई निरन्तरता दिएको छ । । विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले निषेधाज्ञाको अवस्थामा अनुगमनमा जान असहज परिस्थिति भएपनि जनगुनासोलाई सम्बोधन गर्न नियमित रुपमा बजार अनुगमन जारी राखेको जानकारी दिएका हुन् ।
कुनैपनि उपभोक्तालाई खाद्य वस्तुको स्वच्छता र गुणस्तरको बारेमा शंका लागे फोनबाटै उजुरी दिएमात्रै पनि तत्काल अनुगमनमा जाने र कारबाही गर्नेगरि व्यवस्था मिलाइएको विभागका प्रवक्ता महर्जनले जानकारी दिए । कोभिडको अवस्थामा पसल, व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा समेत मापदण्ड तयार गरी सोही अनुसार अनुगमनलाई निरन्तरता दिइएको विभागको दाबी छ । निषेधाज्ञाको अवस्थामा आवागमनमा असहज हुँदा विभागमा ५० प्रतिशत कर्मचारी उपस्थित भएपनि अनुगमनमा कुनै समस्या नहुने बताइएको छ । विभागले लकडाउन सुरु भएयता खाद्य पदार्थको गुणस्तर सम्बन्धी गुनासोबाट खाद्य पसल, गोदाम, खाद्य उद्योगहरु तथा तरकारी फलफूल बजारको ११० पटक ३ सय भन्दा बढी खाद्य व्यवसायहरुमा निरीक्षण अनुगमन गरेको जानकारी दिएको छ ।
कोभिड महामारीको अवस्थामा आकस्मिक निरीक्षण एवं जनगुनासो सम्बोधन तथा प्रयोगशाला जाँच विश्लेषणका लागि ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरी निरीक्षण अनुगमन तथा प्रयोगशाला विश्लेषण गर्दै आएको विभागले गलत काम गर्ने व्यवसायीबिरुद्ध विभागको वेबसाइटमा उपलब्ध फोन नम्बर मार्फत उजुरी गर्न आह्वान गरेको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्