Techie IT
Mission Khabar

काठमाडौं उपत्यकामा ४६४ सहित थपिए १०८१ संक्रमित, ३३८८२ ले जिते कोरोना

कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुग्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०८१ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । बुधबार मात्रै देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा ३३८ महिला र ७४३ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमितमध्ये ३१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९१८ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ३३ हजार ८८२ पुगेको छ ।

कहाँ कहाँ थपिए संक्रमित ?
काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६, सिराहाका ८१ जना, मोरङका ७७, रौतहटका ७०, सुनसरीका ५६, मकवानपुर र रुपन्देहीका ४२/४२ जना, सप्तरीका २६, बाँके र सुर्खेतका २२/२२ जना, काभ्रेका २१, बाराका १७, बर्दियाका १३, नवलपरासीका १२, कपिलवस्तुका ११, कास्कीका १०, धनकुटाका ९, झापा, पर्सा र सर्लाहीका ६/६ जना, भोजपुरका ५ जना, नुवाकोट र तनहुँका ४/४ जना, ओखलढुंगा, धनुषा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, लमजुङ र दार्चुलाका ३/३ जना, खोटाङ, महोत्तरी, धादिङ, बाग्लुङ,गुल्मी, पाल्पा, दैलेख र बझाङका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, सिन्धुली, गोरखा, नवलपुर, पर्वत, स्याङ्जा, दाङ, जाजरकोट र अछामका १/१ जनामा संक्रमण देखिएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्