Techie IT
Mission Khabar

मैथली र थारु समुदायको जितिया पर्व, पहिलो पटक घरमै बसेर मनाइदै


काठमाडौं । नेपालको तराई मधेश क्षेत्रका मैथली र थारु समुदायका महिलाले पहिलो पटक घरमै बसेर जितिया पर्व मनाइरहेका छन । नाच्दै गाउदै तामझामका साथ तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन भएपनि आज तराई क्षेत्रमा खासै उल्लास देखिएको छैन ।

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । यस वर्ष घरमै बसेर जितिया मनाइँदै छ । जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।

अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने परम्परा रहिआएको छ । जितिया पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलका नेताहरुले शुभकामना दिदै घरमै वसेर परम्परालाई निरन्तरता दिन आग्रह गरेका छन् ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्